चीनले अनुदान दिएको इन्डक्सन चुल्होे सरकारले बेच्ने
चीनले अनुदानमा दिएको भएता पनि सरकारले सुपथ मुल्यमा विक्री गर्ने तयारी गरेको छ । इन्डक्सन चुल्होको विक्री नेशनल ट्रेडिङमार्फत हुने भएको छ ।
चुल्होको मूल्य तोकेर वितरण गरिने वाणिज्य मन्त्रालयका प्रवक्ता शम्भुप्रसाद घिमिरेले बताए ।
उनका अनुुसार चीनले थप १० हजार इन्डक्सन चुल्हो पठाउँदैछ । ‘दश हजार इन्डक्सन चुल्हो आएपछि एकैपटक विक्री सुरु पनि हुन सक्छ । तर, सर्वसाधारणले इन्डक्सन सलभ मूल्यमा किन्न पाउँछन्,’ घिमिरेले भने ।
चुल्हो बेचेको रकम छुट्टै खातामा राखेर सरकारको निर्णय अनुसार खर्च गर्ने मन्त्रालयको योजना छ ।
मूल्यबारे मन्त्रालयमा प्रस्ताव
चुल्हो कति मूल्यमा विक्री गर्ने विषयमा निर्णय गर्न बुधबार नै नेशनल ट्रेडिङले वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको छ । मन्त्रालयले बिहीबार निर्णय गरेर शुक्रबारदेखि चुल्होको विक्री थाल्ने नेशनल ट्रेडिङले जानकारी दिएको छ ।
मुख्यतः काठमाडौंका उपभोक्तालाई लक्षित गरी चुल्हो विक्री हुने नेशनल ट्रेडिङका महाप्रवन्धक सत्यनारायण मेहेताले अनलाइनखबरलाई बताए । ‘तराई क्षेत्रमा भारतबाट सहजरुपमै इन्डक्सन चुल्हो आएका छन् । काठमाडौंबाहेक पोखरामा पनि चुल्हो बेच्ने सम्भावना छ’ मेहेताले भने ।
इन्डक्सन चुल्होको वितरण कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने निर्णय वाणिज्य मन्त्रालयले गर्नेछ । सर्वसाधरणलाई एउटा परिवारमा नदोहोरिने गरी चुल्हो वितरण गर्ने सरकारको योजना छ । यसका लागि व्यक्तिगत विवरण र नागरिकता लिएर मात्रै चुल्हो बिक्री गरिने महाप्रवन्धक मेहेताले बताए ।
Source:sabkura news pvt.ltd
चीनले अनुदान दिएको इन्डक्सन चुल्होे सरकारले बेच्ने
Reviewed by Unknown
on
7:09 PM
Rating:
No comments