सुन्दरीजलको पानी मुहान शुद्धीकरणको माग
नगर समिति सभापति श्रीकृष्ण ज्योतिको नेतृत्वमा सोमबार काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको केन्द्रीय कार्यालय त्रिपुरेश्वर पुगेको समूहले महाप्रबन्धक महेशकुमार भट्टराईलाई पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
ज्ञापनपत्र बुझ्दै महाप्रबन्धक भट्टराईले सुन्दरीजलको ६० प्रतिशत पानी ल्याई वितरण गरिएकाले मुहान क्षेत्रको संरक्षण गरिने प्रतिबद्धता जनाउनुभएको सभापति ज्योतिले राससलाई जानकारी दिनुभयो ।
सुन्दरीजलको पानी प्रशोधन यन्त्र तत्काल सञ्चालनमा ल्याइनुपर्ने, पानीमा प्रयोग गरिने चुन, फिटकिरी लगायत कीटनाशक औषधि आवश्यकता हेरी नियमित रुपमा प्रयोग गरिनुपर्ने, मुहानको पानी नियमित रुपमा प्रयोगशालामा परीक्षण गरी पिउनयोग्य छ वा छैन भन्ने सूचना सार्वजनिक गरिनुपर्ने, मुहान क्षेत्रका बासिन्दालाई दैनिक तालिका बनाएर दुई घन्टा पानी वितरण गरिनुपर्ने र मुहान क्षेत्रको बस्ती सार्ने वा प्रदूषणरहित बनाउने तर्फ लिमिटेड एवम् सरकारको ध्यान जानुपर्ने माग गरिएको छ ।
समितिको नेतृत्वमा स्थानीयवासीले गत शनिबारदेखि सुन्दरीजलस्थित पानी मुहान सफाइ अभियान पनि सुरु गरेका छन् । यसलाई प्रत्येक हप्ता शनिबार निरन्तरता दिइने समितिले जनाएको छ । रासस
Source:sabkura news pvt.ltd
सुन्दरीजलको पानी मुहान शुद्धीकरणको माग
Reviewed by Unknown
on
6:40 PM
Rating:
No comments