गाविस कर्मचारी आन्दोलित, पुष ११ गतेबाट देशभरका गाविस ठप्प पार्ने

२८ मंसिर, काठमाडौं । गाउँ विकास समिति कर्मचारी संघ नेपालले निजामति कर्मचारी सरहको सेवा सुविधाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर संघले आगामि पुस ५ गते पाँचै विकास क्षेत्रमा क्षेत्रीय भेला आयोजना गर्ने, ६ र ७ गते हातमा कालोपट्टी बाँधेर काम गर्ने, ८ गते ललितपुर जिल्लाका सम्पूर्ण गाविस बन्द गर्ने, ८ देखि १० गतेसम्म देशभरका गाविसमा पेन डाउन गर्ने र ११ गतेदेखि अनिश्चितकालिन स्थानीय निकाय बन्द गराउने लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
gabisa
पत्रकार सम्मेलनमासंघका अध्यक्ष विक्रम महर्जनले पहिलो चरणको आन्दोलन जारी रहँदा समेत आफूहरुको माग पुरा नगरे पुस १४ गते केन्द्रीय समितिको बैठक बसेर अझै कडा दोस्रो चरणको आन्दोलन घोषणा गर्ने चेतावनी दिए ।
बरिष्ठ उपाध्यक्ष अंकीलाल भट्टले सरकारको स्थानीय सरकारको रुपमा काम गरेर सरकारको प्रतिनिधित्व गराइरहने गाविस कर्मचारीलाई राज्यले हेला गर्दा यसले समग्र प्रशासनमा सुधार आउन नसक्ने भन्दै गाविसका कर्मचारीलाई बाँच्न सक्ने अवस्था निर्माण गरेर त्यसले मुलुकलाई नै फाइदा गर्ने विश्वास ब्यक्त गरे ।
संघले निजामति कर्मचारी सरह तलब, भत्ता, सुविधा हुनुपर्ने, कर्मचारी कल्याणकोषको ब्यवस्था मन्त्रालयले गर्नुपर्ने, स्थानीय निकायका कर्मचारीको अभिलेख शाखामा गाविस कर्मचारीको अभिलेख राख्नुपर्ने, गाविस अनुदान ५० प्रतिशत बृद्धि गर्नुपर्ने, सहमति कार्यान्वयन गर्नुपर्ने, लगायतका रहेका छन् ।
गाविस कर्मचारी आन्दोलित, पुष ११ गतेबाट देशभरका गाविस ठप्प पार्ने गाविस कर्मचारी आन्दोलित, पुष ११ गतेबाट देशभरका गाविस ठप्प पार्ने Reviewed by Unknown on 2:23 AM Rating: 5

No comments

ad1