नेपालको विजयी सुरुवात : न्यूजिल्याण्ड ३२ रनले पराजित
टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ३८ रनको दिएको लक्ष्य पच्छाएको न्यूजिल्याण्डले पूरा ओभर पनि खेल्न नपाउँदै अलआउट भयो ।
न्यूजिल्याण्ड ४७.१ ओभरमा पूरा विकेट गुमाएर दुई सय ६ रन बनाउँदा नेपालसँग पराजित हुन पुगेको हो । नेपालका लागि सर्वाधिक तीन विकेट दिपेन्द्रसिंह ऐरीले लिए भने प्रेम तामाङले दुई, सुनिल धमलाले एक, सन्दिप लामिछानेले एक विकेट लिएका थिए ।
यसअघि नेपालका कप्तान राजु रिजालले ४८, सन्दिप सुनार र आरिफ शेखले समान ३९, कुशल भुर्तेलले ३५, राजविर सिंहले २४, सुनिल धमलाले १५, योगेन्द्र सिंह कार्की ६ तथा प्रेम तामाङले नटआउट चार रन बनाएका थिए ।
न्युजिल्याण्डका नाथन स्मिथले तीन, क्रिष्टियन लियोपार्ड, अनिकेट पारिख, रचिन रविन्द्र तथा जोस फिन्नीले समान एक एक विकेट लिएका थिए ।नेपालले यो खेल जितेसँगै अघिल्लो चरण प्रवेशका लागि सम्भावना बलियो बनाएको छ ।
जारी प्रतियोगितामा नेपालसहित १६ टोली सहभागी छन् । भने चार समूहमा रहेका टोली मध्ये प्रत्येक समूहको शीर्ष दुईमा रहने टोली अघिल्लो चरणका लागि छनौट हुनेछन् । नेपालले दोस्रो खेलमा शनिबार आयरल्यान्ड र तेस्रोमा सोमबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
Source:sabkura news pvt.ltd
नेपालको विजयी सुरुवात : न्यूजिल्याण्ड ३२ रनले पराजित
Reviewed by Unknown
on
6:46 PM
Rating:
No comments