आयोजक आफैँलाई फुटबल प्रतियोगिताको उपाधि

खोटाङ, १ असार । दिक्तेलमा सम्पन्न अन्तरक्लबस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक खोटाङ फुटबल एकेडेमीले राखेको छ ।
शुक्रबारदेखि जारी प्रतियोगिताको अन्तिम खेल मङ्गलबार खारम्बु स्पोर्टस क्लब खार्मीलाई ‘ट्राइब्रेकर’मा हराउँदै आयोजकले उपाधि चुमेको हो । खार्मीका खेलाडीले खेल अवधिभर नै आयोजकलाई दबाबमा राखे पनि दुर्भाग्यवश खारम्बुले नतिजा आफ्नो पक्षमा पार्न नसकेको दर्शक बताउँछन् । एघार टोलीमध्ये उपाधिका दाबेदार एकेडेमी र खार्मीका स्पोर्टस क्लबबीच भएको फाइनल खेलको ७० मिनेट अवधिमा दुवैतर्फबाट गोल हुन नसक्दा खेल ट्राइब्रेकरमा गएको थियो ।
प्रतियोगिताका विधागत पुरस्कारमा ‘बेस्ट प्लेयर’ आयोजक खोटाङका शैलेन्द्र बजिमय, ‘बेस्ट डिफेन्डर’ खारम्बुका राजकुमार राई र उत्कृष्ट ‘गोलकिपर’को ट्रफी खार्मीकै शुभचन्द्र राईले हात पार्नुभयो ।
खारम्बुका चिरञ्जिवी थापा र आयोजककै शैलेन्द्रले खेल अवधिभर सर्वाधिक ४–४ गोल गरे पनि ट्रफी भने आयोजककै खेलाडी बजिमयले प्राप्त गर्नुभयो ।
बाध्यात्मक अवस्थामा मैदान छिरेर उत्कृष्ट बचाउ गर्ने आयोजकका गोलरक्षक मनोज राई ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो । आयोजकका मुख्य गोलरक्षकले रातो कार्ड पाएपछि मैदानमा प्रवेश गरेका राईले फाइनल खेलमा टोलीलाई विजयी गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
लालुपाते सहकारी संस्थाले मुख्य प्रायोजन गरेको प्रतियोगिताको मुख्य उद्देश्य जिल्लाको फुटबल खेललाई विकास गर्दै संस्थागत ढङ्गले जिल्लालाई एन्फामा आबद्घ गराउने तयारी गरिएको अध्यक्ष नुरकाजी सैँजुले बताउनुभयो । सैंजुका अनुसार चाँडै एक भेला बोलाएर एन्फामा आबद्घ हुनाका लागि संस्थागत प्रक्रियामा जानका लागि जिल्ला तदर्थ समिति गठन गरिने जनाइएको छ । रासस
आयोजक आफैँलाई फुटबल प्रतियोगिताको उपाधि आयोजक आफैँलाई फुटबल प्रतियोगिताको उपाधि Reviewed by Unknown on 5:28 PM Rating: 5

No comments

ad1