चिसोले ७ भूकम्पपीडितको मृत्यु, सयौं वृद्धवृद्धा र बालबालिका बिरामी
अत्यधिक चिसोका कारण सिन्धुपाल्चोकको ठोकर्पामा तीन सातायता कम्तीमा ७ भूकम्पपीडितको मृत्यु भएको छ । अधिकांश बिरामी परेका छन् । ठोकर्पा ३ की ६६ वर्षीया रमादेवी पहरीको गत साता चिसोकै कारण श्वासप्रश्वास बढेर मृत्यु भएको छ । छोरा नेत्रबहादुर पहरीले भन्नुभयो—आमालाई दमको रोग थियो,‘सुन्निएर बित्नुभयो । टोलमा अरू धेरै जना चिसोले सुन्निएको उहाँले बताउनुभयो ।
तीन सातायता ठोकर्पा ३ पहरी बस्तीमा चिसोले मृत्यु भएका अन्यमा सेती खड्का, माइली पहरी, अक्कल पहरी, कान्छी पहरी, रत्नदेवी पहरी र यमबहादुर पहरी छन् । गाउँमा बिरामी पनि त्यतिकै छन् । स्थानीयले उनीहरू सबैको मृत्यु चिसोकै कारण भएको बताए । स्थानीय अगुवा कृष्णबहादुर कार्कीले भन्न्ुभयो — गाउँका सबैजसो वृद्धवृद्धा र बालबालिका बिरामी छन् । सो वडामा १

सय २५ पहरी परिवार छन् । भूकम्पले घर भत्काएपछि उनीहरू सबैजसो छाप्रोमा छन् ।
टहरा र छाप्रामा बस्दै आएका सयौं वृद्धवृद्धा र केटाकेटी श्वासप्रश्वाससम्बन्धी रोगले थलिन थालेका छन् । टहराभित्रै शीत पर्न थालेपछि उनीहरूलाई रोगले च्याप्न थालेको हो । स्कुले बालबालिकालाई ज्वरो आउने, घााटी र टाउको दुख्ने समस्या जिल्लाभर देखिएको अस्पताल र स्वास्थ्य चौकीहरूले जनाएका छन् ।
कालिका १ पुरानाकोट गाउँका मगर समुदायको घरैपिच्छे बिरामी छन् । ज्वरोले थलिएका वृद्ध भुवनबहादुर थापमगरले भन्नुभयो —मरिएला जस्तो लागेको थियो, बल्लबल्ल स्वाँस्वाँ कम भएको छ ।विशेषगरी दम र खोकीका बिरामीलाई चिसोले थला पारेको छ ।

स्थानीय स्वास्थ्य केन्द्रका अनुसार लेकाली बस्तीका वृद्धवृद्धा र बालबालिकामा चिसोले ज्वरो, खोकी र निमोनियाा देखिएको छ । हिमाली बस्ती मानेखर्क स्वास्थ्य सेन्टरका चिकित्सक पासाङ छिरिङ लामाका अनुसार एक्कासि उच्च ज्वरो आउने र श्वासप्रश्वासको समस्या देखिने गरेको छ ।
केटाकेटीमा निमोनियाा र ज्वरो बढी देखिएको छ । चिकित्सक लामाले भन्नुभयो — स्वास्थ्य केन्द्रमा ६० प्रतिशतभन्दा बढी बिरामी ज्वरो र श्वासप्रश्वासको समस्या लिएर आउने गरेका छन् , गाउँमा उपचार हुन नसकेपछि अन्यत्र पठाउने गरिएको छ ।

तामाङ समुदायको बाहुल्य रहेको सो क्षेत्रमा बस्ने घर मात्र होइन, सामूहिक बसोबास र अस्वस्थ खानाले पनि रोग लाग्न सहयोग पुगेको छ ।
Source:sabkura news pvt.ltd
चिसोले ७ भूकम्पपीडितको मृत्यु, सयौं वृद्धवृद्धा र बालबालिका बिरामी
Reviewed by Unknown
on
6:58 PM
Rating:
No comments