प्रहरीकै मिलेमतोमा चरम कालोबजारी

काठमाडौँ ८ पुष । भारतीय नाकाबन्दीबीच छिटपुट नेपाल छिरेको खाना पकाउने एलपी ग्यास स्थानीय प्रशासन र प्रहरीकै मिलेमतोमा चरम कालोबजारी भइरहेको भेटिएको छ । राजधानी भित्रने प्रमुख नाका जिल्ला चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले यसरी आएका ग्यास उद्योगबाटै ‘लुट्न’ थालेको खुलासा भएको हो ।
राजधानीलाई प्रमुख बजार बनाउँदै ग्यास बिक्री गरिरहेका करिब एक दर्जन ग्यास कम्पनीले ल्याएका ग्यास ती दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरीप्रमुखको ठाडो आदेशमा रिफिल सेन्टरबाटै लुट्न थालिएको छ ।
प्रहरीकै मिलेमतोमा चरम कालोबजारी
प्रहरीकै मिलेमतोमा चरम कालोबजारी
‘चितवन र धादिङ सिडिओ कार्यालयले प्रत्येक साता ८ सय सिलिन्डर नदिए ग्यास काठमाडौं लानै नदिने भनेका छन्,’ असुरक्षाका कारण आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक उद्योगीले मंगलबार नागरिकसँग भने, ‘एउटा उद्योगबाट ८ सयका दरले सिडिओलाई किन ग्यास चाहियो ?’
उद्योगीका अनुसार हाल श्रीकृष्ण, साइबाबा, बाबा, नारायणी, ओम, एभरेस्ट, सुगम, राजधानी, श्रीराम, भानुलगायत ग्यास उद्योग चितवन र धादिङमा छन् । उद्योग त्यहाँ रहे पनि यिनको प्रमुख बजार काठमाडौं उपत्यका नै हो । तर ग्यास आउनेबित्तिकै यी उद्योगबाट सिडिओ कार्यालयले धम्काएर ८ सयसम्म सिलिन्डर लैजान्छन् भने बाँकी उपभोक्ता नै नभएको ठाउँमा बाँडेर सिध्याइन्छ ।
उद्योगीका अनुसार जुन ठाउँमा रिफिल सेन्टर छ, त्यहाँको माग उद्योगमा रिफल गरिने ग्यासमध्ये २५ प्रतिशत मात्र हो । बाँकी ७५ प्रतिशत काठमाडौं उपत्यकामा खपत हुन्छ ।
‘भएजति ग्यास जिल्ला प्रशासनले लगेपछि हाम्रा उपभोक्तालाई कसरी दिनु ?’ अर्का एक उद्योगीले दुखेसो पोखे, ‘त्यसमाथि स्थानीयसँग मिलेर प्रहरीले जबर्जस्ती लैजाने ग्यासको त हिसाबै छैन ।’
जिल्ला प्रशासन, प्रहरी र स्थानीयको ज्यादतीबारे उद्योगीको टोलीले हालै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा लिखित उजुरी नै दिएको थियो । त्यही उजुरीपछि विभागका महानिर्देशक शम्भु कोइरालाको निर्देशनमा निर्देशक हरिनारायण बेल्वासेको टोलीले पुस ५ गते धादिङको भानु र ओम ग्यास उद्योग निरीक्षण गरेको थियो ।आजको नागरिक दैनिकमा खबर छ ।
प्रहरीकै मिलेमतोमा चरम कालोबजारी प्रहरीकै मिलेमतोमा चरम कालोबजारी Reviewed by Unknown on 7:00 PM Rating: 5

No comments

ad1