हुम्लामा चट्याङले घर र गाईभैँसी क्षति
चट्याङबाट जनक दमाईंको दुईतले घरमा अन्न, भाँडालगायत रु पाँच लाख बराबरको क्षति भएको र दसेर दमाईंको रु पाँच लाख आठ हजार, खाम्पा रावत क्षेत्रीको रु पाँच लाख पूर्व बहादुर रावलको रु ११ लाख बराबरको क्षति पुगेको छ । गाईबस्तु ३५ वटा क्षति भएका छन् ।
उक्त क्षतिको विवरण श्रीनगर प्रहरी चौकीले जिल्ला प्रहरी कार्यालयमा मुचुल्कासमेत पठाइसकेको छ ।
यसैगरी, जैर प्राथमिक विद्यालयको सातकोठे भवन नष्ट भएपछि पठनपाठनसमेत बन्द भएको छ ।
साथै, खडेरीले गर्दा लगाइएको बाली ६०÷७० प्रतिशत कोदो, धान, सिमी, मकै, मास, तरकारीसमेत नष्ट भएको छ ।
खानेपानी पाइपसमेत नष्ट भएकोमा जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, अन्य कार्यालयमा निवेदन पेस गरेको कुरा नेकपा (एमाले)का जिल्ला पार्टी अध्यक्ष दल रावलले विभिन्न कार्यालयमा राहतका लागि निवेदन र मुचुल्कासमेत पठाएको कुरा जानकारी गराउनु भएको छ ।
उक्त घटनामा जिल्ला प्रहरी कार्यालयबाट पीडितलाई सहयोग र उद्धार गरिएको छ । रासस
––––––––
––––––––
Source:sabkura news pvt.ltd
हुम्लामा चट्याङले घर र गाईभैँसी क्षति
Reviewed by Unknown
on
6:32 PM
Rating:
No comments