प्रहरीमाथि ढुंगा हान्दा गोली लागेर मृत्यु

गौर : रौतहटको सदरमुकाम गौरमा प्रदर्शनकारी र प्रहरीबीच आइतवार दिउँसो झडप हुँदा प्रर्दशनमा सहभागी एकजना १० कक्षामा अध्ययनरत विद्यार्थी मारिएका छन् ।
बिपिचोकमा प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर तेजापाकड गाविस–१ का १७ वर्षीय शेष सवरेवको ज्यान गएको हो ।
फोटो :गौरमा गोली लागेर मारिएका शेष सवरेव । तस्बिर : फणि महत
पेटमा गोली लागेका साहको गौर अस्पतालमा उपचार हुँदाहुँदै मृत्यू भएको अस्पतालका डा. कृष्ण साहले बताए । गौरस्थित जुद्ध माविमा कक्षा १० मा अध्ययनरत साह बिपि चौकमा मोर्चाका कार्यकर्तासँगै आन्दोलनमा सहभागी थिए ।

प्रहरीलार्इ ढुंगा हान्दै मोर्चाका कार्यकर्ताहरु । तस्बिर :फणि महत
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको जनाएको छ । प्रहरीले एकदर्जन भन्दा बढी गोली र दुई दर्जन भन्दाबढी अश्रूग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।
गौरस्थित बिपी चोकमा प्रर्दशन गरिरहेका आन्दोलनकारीले प्रहरीलाई ढुंगा हानेपछि झडप भएको हो । गौरस्थित अदालत र जिल्ला प्रशासन कार्यालय अगाडी पनि टायर बालेर मोर्चाका कार्यकर्ताहरुले प्रर्दशन गरिरहेका छन् ।
सुरक्षाकर्मीले शान्तिपुर्ण आन्दोलन गर्न माइकिङ्ग गरिरहेको छ भने तोडफोड र ढुंगामुडा गरे गोली चलाउन प्रहरी बाध्य हुने चेतावनी दिएको छ ।

प्रहरीमाथि ढुंगा हान्दा गोली लागेर मृत्यु प्रहरीमाथि ढुंगा हान्दा गोली लागेर मृत्यु Reviewed by Unknown on 7:05 PM Rating: 5

No comments

ad1